नेपाल पाइलटका लागि चुनौती
पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।
प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ । यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। विमानस्थलको रनवे पहाडहरूबीचको एक चट्टानलाई काटेर बनाइएको हो । लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खाँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरूले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरूलाई मात्रै विमान चलाउन दिइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण