सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लिग वानमा पीएसजी स्तब्ध

सोमबार, ०२ माघ २०७९, ११ : ४५
सोमबार, ०२ माघ २०७९

पेरिस । लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेनले अवे खेलमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार राति पीएसजी रेनसँग ०–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको ६५ औँ मिनेटमा रेनका कप्तान हामारी ट्राओरेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । सब्सिटिच्युट किलियान एम्बाप्पेले बराबरी गोल गर्ने सुन्दर अवसर गुमाएका थिए । पराजयसँगै शीर्ष स्थानमा पीएसजीको अग्रता ३ अंकमा खुम्चिएको छ । १९ खेलपछि पीएसजीको ४७ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको लेन्सको ४४ अंक रहेको छ ।

तेस्रो स्थानमा रहेको मार्सेको ४२ अंक छ । मोनाकोले अजासियोलाई ७–१ को विशाल गोलअन्तरले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ । मोनाकोसँग समान अन्तर भए पनि रेन भने पाँचौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप