सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी रेटेर हत्या
काठमाडौँ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको हत्या गरेका छन् । कुपिण्डे–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । नातामा उनीहरु मामा भाञ्जा हुन् । हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले रातोपाटीलाई बताए । डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको छ ।
खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ । छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् । मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । आइतबार दिउँसो २ बजे हत्या भएको खबर आएपछि प्रहरी टोली घटस्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
-
सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
-
कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण