जहाजमा हुने ब्ल्याक बक्सले के काम गर्छ ?
काठमाडौँ । जहाज दुर्घटना भएको २४ घन्टापछि प्रहरी टोलीले यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेट्टाइसकेको छ । अब ब्ल्याक बक्सको अनुसन्धानबाट उक्त जहाज किन र कसरी दुर्घना भएको थियो भन्ने पक्ष थप खुल्दै जानेछ । यस्तै, दुर्घटना अघि जहाजको माहोल कस्तो थियो, पाइलट र को–पाइलट तथा क्याबिन क्रुबीच कस्तो कुरा भएको थियो भन्ने पत्ता लाग्छ ।
ब्ल्याक बक्सलाई विमानको पछिल्लो भागको पंखाको साइडमा राखिएको हुन्छ । यसमा पाइलटहरुले विमान दुर्घटना अघि आपसमा गरेको कुराकानी यसमा रेकर्ड भएको हुन्छ । यस्तै, दुर्घटनाअघि यात्रुले गरेको कुराकानीको समेत यसमा रेकर्ड हुन्छ । जसले विमान दुर्घटना हुनुको मुख्य कारण पत्ता लगाउन सहज भूमिका खेल्छ । सबै विमानहरुमा ब्ल्याक बक्स अनिवार्य राख्नुपर्ने हुन्छ । ब्ल्याक बक्सले २ घन्टा अघिसम्मको ककपिट र जहाज भित्रको माहौल र त्यसमा भएका कुराकानी रेकर्ड गर्ने गर्छ । खासमा यो एक विशेष प्रकारको रेकर्डर नै हो । यस्तै, ब्ल्याक बक्सले इञ्जिनको आवा, आपतकालीन अवस्थाको आवाज समेत रेकर्ड गर्छ ।
यसका साथै, विमान दुर्घटना हुनअघि पाइलटहरुले गरेको संवादको आवाज समेत यसमा सुरक्षित हुन्छ । जसकारण, विमान दुर्घटना हुनुको मुख्य कारण पत्ता लगाउन सहज हुन्छ । विमान जलेर नष्ट भए पनि ब्ल्याक बक्स जल्दैन र सुरक्षित रहन्छ । खासगरी, यो एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ । र, यसलाई आगोले जलाउन सक्दैन भने पानीमा डुब्दा समेत ब्ल्याक बक्स सुरक्षित रहने गर्छ ।
सुन्तला रंगको भएपनि यसलाई ब्ल्याक बक्स भनिन्छ । अर्थात ब्ल्याक बक्सको रंग कालो नभइ ओरेन्ज वा सुन्तला रंगको हुन्छ । यसलाई विमानमा फ्लाइट डाटा रेकर्ड गर्नका लागि बनाइन्छ । र, एउटा विमानमा सामान्यतया अगाडि र पछाडि गरी २ वटा सम्म ब्ल्याक बक्स राख्ने गरिन्छ । सामान्य मौसमको अवस्थामा यो केही दिनसम्म पनि सुरक्षित रहन सक्छ ।
यस्तै, २ हजार डिग्री फरेन्हाइटको गर्मीमा पनि १ घन्टासम्म सुरक्षित रहन सक्छ । अर्थात उक्त तापमा समेत १ घन्टासम्म ब्ल्याक बक्समा केही समस्या आउँदैन । यस्तै, सुरुमा अष्ट्रेलियाले ब्ल्याक बस्कको आविष्कार गरेको थियो र प्रत्येक फ्लाइटमा ब्ल्याक बक्सलाई अनिवार्य गरेको थियो । त्यसयता प्रत्येक देशमा हुने उडानमा ब्ल्याक बक्स अनिवार्य हुन्छ र प्रत्येक विमान कम्पनीले विमान बनाउँदा ब्ल्याक बक्स राख्ने गर्छन् ।
पछिल्लो समय ब्ल्याक बक्समा अत्याधुनिक प्रविधि समेत जडान गर्न थालिइसकेको छ । यहि कारण, ब्ल्याक बक्सले जीपीएस समेत ट्र्याक गर्न सक्ने बताइन्छ । –एजेन्सीहरुको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण