इटालीका ‘मोस्ट वान्टेड’ माफिया प्रमुख पक्राउ
रोम । ३० वर्षदेखि फरार रहेका इटालीका मोस्ट वान्टेड माफियाका प्रमुख माटेयो मेसिना डेनारो सिसलीबाट पक्राउ परेका छन् । उनलाई त्यहाँको राजधानी पालेर्मोको एक निजी क्लिनिकबाट पक्राउ गरिएको हो । उनलाई सिसलीको खतरनाक कोसा नोस्ट्रा माफियाको प्रमुख रहेको विश्वास गरिन्छ ।
इटालियन मिडियाका अनुसार क्लिनिकमा उनको उपचार चलिरहँदा उनलाई नियन्त्रणमा लिइएको थियो । उनलाई कारबिनेरीको एक अज्ञात स्थानमा लगिएको समाचारमा भनिएको छ । उनलाई पक्राउ गर्न १ सय जना भन्दा सशस्त्र सुरक्षाकर्मी प्रयोग गरिएको थियो ।
विभिन्न हत्याको अभियोगमा मेसिना डेनारोमाथि मुद्दा चलेर उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । यसमा सन् १९९२ मा माफियाविरोधी वकिल जियोभानी फाल्कोन र पाओलो बोर्सेलिनो, सन् १९९३ मा मिलान, फ्लोरेन्स र रोममा भएको बम विस्फोटलगायत छन् । सन् १९९३ देखि फरार रहेका मेसिना डेनारोले आफ्ना विश्वासपात्र मार्फत संगठन चलाउँदै आएको विश्वास गरिन्छ ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण