शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पीय जोखिम न्यूनीकरणका लागि सूचना, प्रविधिका सामग्रीहरूको प्रदर्शनी

सोमबार, ०२ माघ २०७९, १८ : ०१
सोमबार, ०२ माघ २०७९

काठमाडौं । २५ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर काठमाडौंमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक सूचना, प्रविधिसहितका सामग्रीहरूको प्रदर्शनी सुरु भएको छ ।  

काठमाडौं महानगरपालिकाले सो दिवसको अवसर पारेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि आवश्यक साम्रगीहरुसहितको प्रदर्शनी सुरु गरेको हो । सोमवारबाट सुरु भएको प्रदर्शनी दुई दिनसम्म चल्नेछ ।

प्रदर्शनीमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि अपनाइने सावधानीका विविध विषयमा यस क्षेत्रका कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरूबाट जानकारी दिन सक्ने व्यवस्था पनि मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । भूकम्प प्रतिरोधी घरहरूको निर्माण गर्ने, भूकम्पीय जोखिम नहोस् भन्नका लागि घर भित्र राखिएको सामग्रीको व्यवस्थापनको पक्षमा समेत प्रदर्शनमा जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । घर भित्र र बाहिर रहँदा बस्दा भूकम्पीय जोखिमबाट बच्नका लागि दौडन नहुने, आत्तिन नहुनेजस्ता कुराहरूलाई चित्रको माध्यमाबाट थाहा पाउन सकिने व्यवस्था पनि प्रदर्शनीमा गरिएको छ ।

सरकारले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माण आचारसंहिता अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आग्रह समेत गर्दै आएको छ । त्यसैगरी जनतामा चेतना जगाएर पनि भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्न जोड दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप