मधेस प्रदेशको सभामुख हत्याउने कांग्रेसको प्रयास
जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशमा सभामुखको बहानामा सरकारमा सहभागी हुने प्रयास गरिरहेको छ । आज हुन गइरहेको मधेस प्रदेशको सभामुखको चुनावमा सत्ता गठबन्धन भन्दा दोब्बर मतले पछाडि रहेको कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिँदै सरकारमा छिर्ने बार्गेनिङ गरिरहेको देखिएको सत्ता गठबन्धनका एक नेताले बताएका छन्।
कांग्रेसले सभामुख दिए सरकारमा नगई बाहिरबाट समर्थन गर्ने बताउँदै आए पनि सभामुख पाएसँगै सरकारमा सहभागी हुने देखिने ती नेताले आकलन गरेका छन् । उनले नेपाली कांग्रेस सभामुखको बहानामा सरकारमा सहभागी हुन चाहेको बताए ।
मधेस प्रदेशमा नेकपा एमाले, जसपा, जनमत, राप्रपा, नेपाल सङ्घीय समाजवादी लगायत केही स्वतन्त्र सांसदको समर्थनमा मधेस प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरेका थिए भने नेपाली काँग्रेस र नेकपा एस प्रतिपक्षमा बसेका थिए । उनीहरू सरकारमा सहभागी नहुने प्रत्यक्ष रूपमा समर्थनबाट साबित गरेका थिए । तर, अहिले प्रदेश सरकारमा सहभागी हुन मधेस प्रदेश नेपाली कांग्रेसका दलका नेतादेखि केन्द्रीय स्तरका नेताहरू लागि परेका छन् ।
रातोपाटीसँग कुरा गर्दै नेपाली कांग्रेसबाट मधेस प्रदेश प्रदेशसभाका सभामुखको लागि उम्मेदवारी दिएका प्रदेशसभा सदस्य जंगीलाल रायले सभामुख पद पाए पार्टी सरकारमा सहभागी नभए पनि समर्थन गर्ने जनाएका थिए । तर, पार्टीका सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेश सरकारमा सहभागी सत्ता गठबन्धनसँग सभामुखको लागि छलफल गरिरहेको बताएका छन् ।
यसरी हेर्दा केन्द्रमा सत्ताको सुख गुमाएको कांग्रेस पनि मधेस प्रदेश सरकारमा सहभागी हुन लचकता देखाइरहेको प्रस्ट देखिन्छ । तर, प्रदेशमा पहिलो दल रहेको नेकपा एमाले भने यो चाहिरहेको छैन । एमालेको एक प्रभावशाली नेताले कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी भए नेकपा एमाले सरकारबाट बाहिरिने सङ्केत दिएका छन् ।
यता मुख्यमन्त्री सरोजकुमार यादवले भने मधेस प्रदेशको सरकारमा कांग्रेस पनि सहभागी हुन चाहे सर्वदलीय सहमतिकै सरकार गठनको लागि पनि सकारात्मक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण