मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बाइडेनको निजी निवासबाट गोप्य कागजातहरू भेटिएको विषयमा ह्वाइट हाउसको जवाफ

मङ्गलबार, ०३ माघ २०७९, १० : २०
मङ्गलबार, ०३ माघ २०७९

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनको निजी निवासमा आउने र जाने व्यक्ति बारे कुनै जानकारी उपलब्ध नभएको जनाएको छ ।

रिपब्लिकन पार्टीका सदस्यहरूले अमेरिकी राज्य डेलावेयरस्थित जो बाइडेनको घरबाट गोप्य कागजातहरू भेटिएपछि निजी निवासमा आगन्तुकहरुको विवरण माग गरिरहेका थिए ।

सोमबार, ह्वाइट हाउस काउन्सिलको कार्यालयले राष्ट्रपतिको निजी घरमा आगन्तुकहरूको निगरानी गर्नु शिष्ट चलन नभएको बताएको छ ।

बाइडेनको घर र वासिङ्टनमा निजी कार्यालयबाट कम्तिमा २० गोप्य दस्तावेज भेटिएको थियो ।

यी कागजातहरू ओबामा प्रशासनको समयमा उनी उपराष्ट्रपति हुँदाको बेलाको हो । सीबीएस न्युजका अनुसार यसमा केही ‘टप सिक्रेट’ दस्तावेज छन् ।

ह्वाइट हाउसले पछिल्लो सप्ताहन्तमा पाँचवटा नयाँ गोप्य कागजातहरू प्राप्त गरेको बताएको छ । कानुनअनुसार राष्ट्रपतिको कार्यकाल सकिएपछि सबै कागजपत्र राष्ट्रिय अभिलेखालयमा बुझाइन्छ ।

biden1ह्वाइट हाउसले यी फाइलहरू ‘अञ्जानवश गलत स्थानमा’ राखिएको र यस मामिलामा पूरा सहयोग प्रदान गरिएको जानकारी दिएको छ ।

रिपब्लिकन नेता र हाउस ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कमरले यस सम्बन्धमा ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लेनलाई पत्र लेखेका छन् ।

उनले भने, ‘राष्ट्रपति बाइडेनले गोप्य कागजातलाई गलत तरिकाले राखेको विषयमा उनले राष्ट्रिय सुरक्षालाई खतरामा त पारेका छैनन् भनेर प्रश्न उठेका छन् ।’

जबसम्म बाइडेनको घरमा आउनेहरुको नामको सूची जारी नभएसम्म अमेरिकीलाई यी संवेदनशील दस्तावेज क–कसको हातमा लाग्यो थाहा नहुने पनि बताएका छन् ।

तर सोमबार जारी गरेको विज्ञप्तिमा ह्वाइट हाउस काउन्सिलको कार्यालयले घरमा आउने पाहुनाको नामबारे त्यस्तो कुनै सूची उपलब्ध नभएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप