बाइडेनको निजी निवासबाट गोप्य कागजातहरू भेटिएको विषयमा ह्वाइट हाउसको जवाफ
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनको निजी निवासमा आउने र जाने व्यक्ति बारे कुनै जानकारी उपलब्ध नभएको जनाएको छ ।
रिपब्लिकन पार्टीका सदस्यहरूले अमेरिकी राज्य डेलावेयरस्थित जो बाइडेनको घरबाट गोप्य कागजातहरू भेटिएपछि निजी निवासमा आगन्तुकहरुको विवरण माग गरिरहेका थिए ।
सोमबार, ह्वाइट हाउस काउन्सिलको कार्यालयले राष्ट्रपतिको निजी घरमा आगन्तुकहरूको निगरानी गर्नु शिष्ट चलन नभएको बताएको छ ।
बाइडेनको घर र वासिङ्टनमा निजी कार्यालयबाट कम्तिमा २० गोप्य दस्तावेज भेटिएको थियो ।
यी कागजातहरू ओबामा प्रशासनको समयमा उनी उपराष्ट्रपति हुँदाको बेलाको हो । सीबीएस न्युजका अनुसार यसमा केही ‘टप सिक्रेट’ दस्तावेज छन् ।
ह्वाइट हाउसले पछिल्लो सप्ताहन्तमा पाँचवटा नयाँ गोप्य कागजातहरू प्राप्त गरेको बताएको छ । कानुनअनुसार राष्ट्रपतिको कार्यकाल सकिएपछि सबै कागजपत्र राष्ट्रिय अभिलेखालयमा बुझाइन्छ ।
ह्वाइट हाउसले यी फाइलहरू ‘अञ्जानवश गलत स्थानमा’ राखिएको र यस मामिलामा पूरा सहयोग प्रदान गरिएको जानकारी दिएको छ ।
रिपब्लिकन नेता र हाउस ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कमरले यस सम्बन्धमा ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लेनलाई पत्र लेखेका छन् ।
उनले भने, ‘राष्ट्रपति बाइडेनले गोप्य कागजातलाई गलत तरिकाले राखेको विषयमा उनले राष्ट्रिय सुरक्षालाई खतरामा त पारेका छैनन् भनेर प्रश्न उठेका छन् ।’
जबसम्म बाइडेनको घरमा आउनेहरुको नामको सूची जारी नभएसम्म अमेरिकीलाई यी संवेदनशील दस्तावेज क–कसको हातमा लाग्यो थाहा नहुने पनि बताएका छन् ।
तर सोमबार जारी गरेको विज्ञप्तिमा ह्वाइट हाउस काउन्सिलको कार्यालयले घरमा आउने पाहुनाको नामबारे त्यस्तो कुनै सूची उपलब्ध नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण