चुनावमा किन आयो जसपाको कमजोर नतिजा, यस्ता छन् १० कारण
काठमाडौँ । हालै सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । जसपा राजनीतिक समितिको बैठकपछि पार्टीले १० कारण औंल्याउँदै मातहतका कमिटीमा सर्कुलर पठाएको छ ।
जसअनुसार मधेश प्रदेशमा आफ्नो नेतृत्वमा रहेको सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु र भएका कार्यहरुबारे पनि जनताबीच पुर्याउन नसक्नु कमजोरी भएको जसपाको निष्कर्ष छ । यसैगरी पार्टीले लिएको नीति, विचार र सिद्दान्त तथा अग्रगामी परिवर्तनका मुद्दाहरु जनताबीच स्थापित गर्न र जनतालाई संगठीत गर्न नसक्नु, संगठनात्मक शक्तिको कमजोरी, साधन स्रोतको अभाव, उम्मेदवारी चयनमा त्रुटी जस्ता कारण जसपाले औंल्याएको छ ।
यसैगरी विगत दुई वर्षदेखि पार्टीभित्र उत्पन्न भएको आन्तरिक द््वन्द, पटक पटकको पार्टी विभाजन, देशभित्र आन्तरिक तथा बाह्य शक्तिहरुको चलखेल, पार्टीभित्र आन्तरिक अनुशासनको कमी र केही अराजक र अनुशासनहीन नेतृत्वका कारण पनि पार्टीको पक्षमा कमजोर नतिजा आएको जसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण