बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

शव बोकेको सेनाको हेलिकप्टर प्रहरी एकेडेमीमा ल्याण्ड हुन सकेन

मङ्गलबार, ०३ माघ २०७९, १२ : ०७
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौं । पोखराबाट शव लिएर आएको सेनाको एमआई–१७  हेलिकप्टर महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि एयरपोर्टमा फर्केको छ । 

विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै अवतरण भएको छ ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप