शव बोकेको सेनाको हेलिकप्टर प्रहरी एकेडेमीमा ल्याण्ड हुन सकेन
मङ्गलबार, ०३ माघ २०७९, १२ : ०७
काठमाडौं । पोखराबाट शव लिएर आएको सेनाको एमआई–१७ हेलिकप्टर महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि एयरपोर्टमा फर्केको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै अवतरण भएको छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ । पहिचान हुन नसकेका थप २३ शव स्काई ट्रकमा काठमाडौं पठाउन लागिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण