उद्योगमन्त्री भण्डारीले सम्हाले कार्यभार, उत्पादन वृद्धिमा जोड दिने
मङ्गलबार, ०३ माघ २०७९, १६ : ४८
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री भण्डारीले पदभार ग्रहण गरेका हुन् ।
उद्योग मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै देशको उत्पादन बढाउने र व्यापार घाटा न्यूनीकरणमा जोड दिने बताए । उनले नेपालको उत्पादन बढाएर विश्व बजारमा नेपालमा उत्पादित वस्तुको मूल्यलाई प्रतिस्पर्धी बनाउने समेत बताए ।
यस्तै, मन्त्री भण्डारीले साझा मुद्धामा सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले उत्पादन बढाउन चाहिने वातावरण बनाउन उद्योगी व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण