उद्योगमन्त्री भण्डारीले सम्हाले कार्यभार, उत्पादन वृद्धिमा जोड दिने
मङ्गलबार, ०३ माघ २०७९, १६ : ४८

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री भण्डारीले पदभार ग्रहण गरेका हुन् ।
उद्योग मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै देशको उत्पादन बढाउने र व्यापार घाटा न्यूनीकरणमा जोड दिने बताए । उनले नेपालको उत्पादन बढाएर विश्व बजारमा नेपालमा उत्पादित वस्तुको मूल्यलाई प्रतिस्पर्धी बनाउने समेत बताए ।
यस्तै, मन्त्री भण्डारीले साझा मुद्धामा सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले उत्पादन बढाउन चाहिने वातावरण बनाउन उद्योगी व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन
-
सेरिस भन्छिन्- के तिमी पुरुष हौ ? यही एउटा प्रश्नले मेरो खेलजीवन र सबै सपना भताभुङ्ग पारिदियो
-
विप्लवको पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्नेबारे छलफल
-
युद्धविरामपछि कस्तो छ जम्मू र नियन्त्र रेखा नजिकको अवस्था ?
-
कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने