सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित
कैलाली । सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा एमाले सांसद कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । चौधरीको पक्षमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए ।
चौधरीसँग एकीकृत समाजवादीकी सांसद माया पन्त प्रतिस्पर्धामा थिइन् । पन्तलाई भने कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।
मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिलाई भागबण्डा गरेको सत्ता गठबन्धनले उपसभामुख पद नागरिक उन्मुक्तिले लिन नमानेपछि एमालेले चौधरीलाई उम्मेदवार बनाएको थियो । पद नलिए पनि नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई सघाइरहेको छ । उसले सरकारमा पनि नजाने बताएको छ ।
प्रदेश उपसभामुखमै उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्तले भने २४ मतमात्रै प्राप्त गरेकी थिइन् । प्रदेश सभाको तत्कालीन कायम रहेका सदस्य संख्याको बहुमत अर्थात २७ सदस्यको समर्थन नपाएपछि सभामुख भण्डारीले उनको उम्मेदवारी अस्वीकृत गरेका हुन् । प्रदेश सभाको अर्को बैठक माघ ११ गते दिउसो २ गते बस्ने छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण