रौतहट थारु मोडेलको उपाधि पायल चौधरीलाई
रौतहट । चन्द्रनिगाहपुर ६ घर भएकी पायल चौधरीलाई रौतहट थारु मोडेलको उपाधिले सम्मान गरिएको छ। रौतहटको गुजरा नगरपालिका स्थित फनपार्कमा गत १ गतेदेखि सञ्चालित माघी महोत्सवको तेस्रो दिन पायललाई उक्त उपाधिबाट आयोजकले सम्मानित गरेको हो।
आयोजक थारु कल्याणकरिणी सभा रौतहटका अध्यक्ष सरोज चौधरीले 'थारु माघी महोत्सव २०७९' (थारु सम्बत २६४६)को अवसरमा 'थारु सांस्कृतिक नृत्य कार्यक्रम'मा पायल चौधरीलाई 'रौतहट थारु मोडेल'को ताजसहित मायाको चिनो सहित प्रमाण पत्र वितरण प्रदान गरेका थिए । उक्त अवसरमा पायलका साथै अन्य एक दर्जन कलाकार लाई आयोजकले पुरस्कार वितरण गर्नुका साथै सम्मानित गरेको थियो ।
थारु बाहुल्यता रहेको गुजरा नगरपालिकामा माघी महोत्सव तथा थारु नृत्य सांस्कृतिक कार्यक्रमको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले उद्घाटन गरेका थिए । महोत्सवमा थारु सांस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै जातीय पहिचान झल्किने पहिरन, थारु समुदायको खानाको परिकार तथा परम्परागत झलकहरू देखिने सामानहरूको व्यवस्थापन गरिएको थियो ।
महोत्सव आजसम्म चल्ने गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जैसवालले बताएका छन् । रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकामा प्रत्येक वर्ष माघी महोत्सवको आयोजना हुँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण