बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक प्रमाणीकरणका लागि राजनीतिक दलहरूलाई मधेसी आयोगद्वारा पत्राचार

बुधबार, ०४ माघ २०७९, ११ : ३९
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । मधेसी आयोगले विभिन्न राजनीतिक दलहरूलाई नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।

नागरिकताविहीन सङ्घर्ष समितिका पदाधिकारीहरूले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधा बाट वञ्चित हुनुपरेको समस्याले सुनाएका थिए । उनीहरुले नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात् नागरिकता विधेयक २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र समेत बुझाएका थिए ।

सो ज्ञापन पत्र बुझेपछि अध्यक्ष डा.दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोग गर्ने बताएका थिए ।

सो ज्ञापन पत्रलाई मध्यनजर गर्दै अध्यक्ष दत्तको निर्देशनमा आयोगले सबै शीर्ष राजनीतिक दलहरूलाई विधेयक प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप