नागरिकता विधेयक प्रमाणीकरणका लागि राजनीतिक दलहरूलाई मधेसी आयोगद्वारा पत्राचार
काठमाडौँ । मधेसी आयोगले विभिन्न राजनीतिक दलहरूलाई नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।
नागरिकताविहीन सङ्घर्ष समितिका पदाधिकारीहरूले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधा बाट वञ्चित हुनुपरेको समस्याले सुनाएका थिए । उनीहरुले नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात् नागरिकता विधेयक २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र समेत बुझाएका थिए ।
सो ज्ञापन पत्र बुझेपछि अध्यक्ष डा.दत्तले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोग गर्ने बताएका थिए ।
सो ज्ञापन पत्रलाई मध्यनजर गर्दै अध्यक्ष दत्तको निर्देशनमा आयोगले सबै शीर्ष राजनीतिक दलहरूलाई विधेयक प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण