मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वाञ्चल विश्वविद्यालयद्वारा अस्पतालको सेवा विस्तार

बुधबार, ०४ माघ २०७९, १४ : ३०
बुधबार, ०४ माघ २०७९

 

विराटनगर ।  गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ । विश्वविद्यालय परिसरमा  कार्यक्रम गरेर अस्पतालको सेवा विस्तार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा कांग्रेस नेता एवं सांसद डा.शेखर कोइराला, सांसद डा. सुनिल शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ लगायतले संयुक्त रुपमा अस्पताल सेवा विस्तारको शुभारम्भ गरेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनि व्यवस्थित थिएन । अस्पतालले आंशिक रुपमा मात्र सेवा दिँदै आएको थियो । 

डाक्टर बस्ने टुंगो नहुँदा बिरामीहरूले उपचार नपाएको गुनासो गर्दै आएका थिए । तर, अब दैनिक ८ घण्टा अनिवार्य रुपमा अस्पताल सञ्चालन गर्ने गरी अस्पताल सेवा विस्तार गरिएको हो । जाडो सिजनमा बिहान १० देखि ४ र बाँकी समय बिहान ९ देखि ५ बजेसम्म अब अस्पताल खुल्नेछ । पहिले आंशिक रुपमा मात्र बस्दै आएका डाक्टरहरु अब अनिवार्य रुपमा दैनिक ८ घण्टा अस्पतालमा बस्नेछन् ।

अस्पतालको सेवा विस्तार गर्दै त्यहाँ मेडिकल कलेज सञ्चालन गराउँन सांसद डा.शर्माले  पहल गर्दै आएका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाई चुनावी एजेण्डानै बनाएर आएका सांसद शर्मा निर्वाचित भएदेखिनै यो विषयमा लागिपरिरहेका छन् । पहिलो चरणमा माघबाट सेवा विस्तार गर्ने उनले यसअघि नै घोषणा गरेका थिए, सोही बमोजिम सेवा विस्तार गरिएको हो । 

अब, दोस्रो चरणमा २४ सै घण्टा अस्पताल चलाउने र तेस्रो चरणमा आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना छ । पूर्णकालिन अस्पतालसहित मेडिकल कलेज सञ्चालन हुँदा सो क्षेत्रबासीलाई धेरै फाइदा पुग्ने भएकाले जसरी पनि मेडिकल कलेज सञ्चालन गर्नेगरी लागिपरेको सांसद शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप