शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसईईको नतिजा सुधार गर्न काठमाडौं महानगरले शिक्षण सहजकर्ता परिचालन गर्ने

बुधबार, ०४ माघ २०७९, १७ : ४८
बुधबार, ०४ माघ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधार गर्नका लागि शिक्षण सहजकर्ता परिचालन गर्ने भएको छ । पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसईईको नतिजा सुधार गर्नको लागि २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगी माग गरेको छ ।  महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ को  एसईई नतिजा सुधारका लागि अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगीका लागि आवेदन माग गरेको हो । 

विभागले गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि ५/५ जना सहजकर्ता माग गरेको छ । त्यस्तै शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०/६० जना माग गरेको छ ।  शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सातदिनभित्र आवेदन दिन सकिनेछ । 

त्यस्तै शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिले आवेदन दिन सकिनेछ ।  शिक्षण सहजकर्ताले मासिक ३७ हजार ५०० रूपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै शिक्षण सहयोगीले मासिक १५ हजार रूपैयाँ पारिश्रमिक पाउनेछन् । २ महिनाको लागि अध्यापन गराउनुपर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप