तेस्रो पुस्ताको साथ पाएपछि प्रचण्डलाई कति सहज ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा अध्यक्षसहित २१ पदाधिकारी छन् । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक मन्त्री भएपछि अरू कुनै पदाधिकारीले मन्त्री हुने अवसर पाएनन् ।
अहिले प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट युवा सांसदहरूको मात्रै प्रतिनिधित्व भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार, पोलिटब्युरो सदस्य सुदन किराती पर्यटन र अमनलाल मोदी सामान्य प्रशासन मन्त्री भई सकेका छन् ।
सुशीला श्रीपाली पर्यटन राज्य मन्त्री मात्रै भएकी छिन् । प्रचण्ड नेतृत्वको सरकारमा युवाको प्रतिनिधित्व भएकाले नतिजा कस्तो हुन्छ भन्ने विषयमा पार्टीमा बहस र छलफल हुन थालेको छ । पार्टीमा विवाद नभएका र स्वार्थ नबाझिएका सांसद मन्त्री भएकाले धेरैले आशा र अपेक्षा गरेका छन् ।
पार्टीका अधिकांश दोस्रो तहका नेताहरू सत्ता बाहिर भएकाले उनीहरू पार्टी निर्माणमा लाग्नुपर्ने केन्द्रीय सदस्य डिपी ढकालले बताए । ‘अहिलेको सरकारमा दोस्रो तहका नेताहरू जानु भएको छैन । तेस्रो पुस्ताका नेताहरूको प्रतिनिधित्व भएको छ’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने, ‘अब तेस्रो पुस्ताका नेताहरूले काम गरेर देखाउन अवसर मिलेको छ । अब काम नगर्ने छुट छैन । जनतामा आशा जगाउन सक्नु पर्छ ।’
तेस्रो पुस्ताका नेताहरूले काम गरेर जनतालाई विश्वास दिलाउन सक्नु पर्ने ढकालले बताए । ‘पार्टीमा जहिले पहिलो र दोस्रो पुस्ताले अवसर पाए भन्ने गुनासो सुन्ने गरिन्थ्यो । अहिले तेस्रो पुस्ताका नेताहरूले सरकारमा गएर काम गर्ने अवसर पाएका छन्’ ढकालले भने, ‘अब तेस्रो पुस्ताका नेताहरूलाई काम नगर्ने छुट छैन । जसरी भए पनि अरू भन्दा राम्रो काम गर्ने चुनौती र अवसर दुवै छ ।’ एउटै व्यक्ति सांसद र मन्त्री बनाउँदा जनतामा उत्साह नहुने भएकाले पार्टीले युवा नेताहरूलाई अवसर दिएर राम्रो गरेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण