शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

बुधबार, ०४ माघ २०७९, २० : ५१
बुधबार, ०४ माघ २०७९

काठमाडौँ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज सरकारी निवास बालुवाटार सरेका छन् । उनले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा आज सर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि पनि उनी सरकारी निवासमै रहेका थिए । उनको अनिवार्य अवकाश भएपछि उक्त भवन खाली भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप