कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा
बुधबार, ०४ माघ २०७९, २० : ५१
काठमाडौँ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज सरकारी निवास बालुवाटार सरेका छन् । उनले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गरेका थिए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा आज सर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि पनि उनी सरकारी निवासमै रहेका थिए । उनको अनिवार्य अवकाश भएपछि उक्त भवन खाली भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण