मधेस प्रदेश सरकारले आज बलिदानी दिवस मनाउँदै
जनकपुरधाम । हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत चार वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
मधेस प्रदेश सरकारले यस पटकको बलिदानी दिवस मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस भवनमा रहेको कवर्डहलमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेस विद्रोहको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउन मनाउने गरेको छ ।
माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो । यो दिनलाई स्मरण गर्दै प्रदेश सरकारले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने मधेस प्रदेश सरकारका मन्त्री सञ्जय यादवले जानकारी दिए ।
समारोहमा प्रदेश सरकारका मन्त्री, सांसद तथा विभिन्न दलका शीर्षस्थ नेताहरूको उपस्थिति रहनेछ भने मधेस आन्दोलनमा सहिद भएका ६३ जना शहीद परिवार तथा घाइतेहरूलाई सम्मान गरिने उनले बताए ।
उनले मृतक सहिद परिवारलाई २ लाख र घाइते भएका परिवारलाई अवस्था हेरी २५ हजार देखि २ लाखसम्म रुपैयाँसम्म सहयोगसहित सम्मान गरिने जनाए ।
प्रदेश सरकार बन्नुअघि मधेस केन्द्रित दलहरूले आ–आफ्नो तरिकाले बलिदानी दिवस मनाउँदै आएका थिए । प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस राजविराजमा मनाएको थियो ।
यता जनता समाजवादी पार्टी(जसपा) नेपालले बलिदानी दिवस लहानमा मनाइरहेको छ । उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूको उपस्थिति रहेको छ ।
यसै अवसरमा प्रदेश सरकारले विगत ५ वर्षदेखि सार्वजनिक बिदा दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण