केपी ओलीलाई विश्वप्रकाशको जवाफ : ढोक्सा थापेका छैनौँ, माछालाई जालमा पार्न कुनै योजना छैन
काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ । सभामुख पदमा सत्तारुढ दलबाट देवराज घिमिरे र सत्तारुढ इतरबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै आफूहरुले माछालाई जालमा पार्ने योजना नरहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयलाई लिएर दिएको अध्यक्ष ओलीको अभिव्यक्तिको बिहीबार प्रतिनिधिसभा बैठकमा प्रतिवाद गर्दै शर्माले भने ‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन ।’ ओलीले प्रधानमन्त्रीलाई पिँजडामा हाल्न खोजेको आरोप शर्माले लगाए । उनले माछा र ढोक्साको कथा हालेर प्रधानमन्त्रीलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण