समाचार
उपसभामुखको निर्वाचन माघ ७ गते हुने
बिहीबार, ०५ माघ २०७९, १५ : २५
काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख निर्वाचन आगामी माघ ७ गते हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् ।
उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ । सभामुखको निर्देशनपछि संसद सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जसमा माघ ६ गते शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधिसभामा उम्मेदवारको प्रस्तावमाथि छलफल पछि निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण