एमाले सांसद कोइरीलाई संसदमा देख्न बुझ्न गाह्रो भयो : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकाय निरीह बनाइएकाले परिणाम हात पार्न समय लाग्ने देखिएको बताएका छन् । संघीय संसद् भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिले दिएको निर्देशनले केही समयपछि परिणाम दिने बताए ।
‘राज्यका निकायलाई निरीह बनाएको छ । परिणाम आउन समय लाग्छ । सुन्दा निर्देशन निर्देशन... भन्ने होला । तर केही समय लागेपनि परिणाम आउँछ ,’ उनले भने ।
हत्याका आरोपी एमाले सांसद लक्ष्मी कोइरीलाई किन पक्राउ नगरिएको भन्ने प्रश्नमा उनले भने, ‘कोही लुकेका छन्, हराएका छन् भने पनि कोही बाँकी रहँदैनन् । संसदमा देख्न बुझ्न गाह्रो भए पनि प्रहरी प्रशासनले काम गरिरहेको छ । चाँडै थाहा पाउनुहुन्छ ।’
उनले श्रममन्त्री डोलप्रसाद अर्यालको पनि बचाउ गरेका छन् । उनले भने, ‘ उहाँको कहाँ संलग्नता छ । मलाई देखाइ दिनुस् न । उहाँ कुन म्यनपारवमा संलग्न हुनुहुन्छ मलाई त थाहा छैन । उहाँले आफैले पनि प्रष्ट पारिसक्नु भएको छ ।’ मन्त्री अर्यालको म्यनपार कम्पनीमा संलग्नता भेटिएर कारबाही गर्ने गृहमन्त्री लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
-
परराष्ट्रको १०० दिनः राजदूतका लागि विज्ञापनदेखि प्रधानमन्त्रीको सामूहिक भेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण