दाङका एक युवालाई ज्यान मुद्दामा पाँच वर्ष कैदको फैसला

रुपन्देही । दाङ जिल्लाको घोराहीका विकास पुन मगरविरुद्ध ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद गर्ने जिल्ला अदालतको फैसला सर्वोच्चले सदर गरेको छ । सर्वोच्चले सदर गरेसँगै उनी लुकिछुपी हिँड्दै गरेका छन् ।
यसअघि ५० लाख ठगेर भागेका घोराही १५ रतनपुरका ४० वर्षीय पुनलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेर दाङ ल्याई जिल्ला प्रहरी कार्यालय दाङले ठगिमा मुद्दा चलाएको थियो । पुनलाई ठगी मुद्दामा धरौटीमा छुटेका थिए । उनको पुरानो मुद्दा ज्यान मार्ने उद्योगमा सर्वोच्चले जिल्लाको फैसला सदर गरेपछि पाँचै वर्ष अब कारागार बस्नुपर्नेछ ।
विकासविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा पनि सर्वोच्च अदालतले गएको भदौमा फैसला गरेको हो । सर्वोच्चकाेफैसला आएपनि जिल्ला प्रहरी कार्यालय दाङले गुण्डा नाइके विकासलाई संरक्षण गरेर पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय दाङले सर्वोच्चले फैसला गरेको तर, प्रहरीलाई कार्यान्वयनका लागि पत्र नआएकाले पक्राउ नगरिएको बताएको छ । दाङको जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद हुने फैसला सुनाएको थियो । उनी त्यसविरूद्ध सर्वोच्च गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण