रुस–चीन सम्बन्धको प्रशंसा
बिहीबार, ०५ माघ २०७९, १६ : ४३
मस्को । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले चीनसँगको उच्चस्तरीय सम्बन्धको प्रशंसा गरेका छन् । बुधबार पत्रकार सम्मेलनमा उनले रुस र चीनबीचको सम्बन्ध सुमधुर रहेको र त्यसको अनुभव भइरहेको बताए ।
चीनसँगको सम्बन्ध व्यावहारिक, विश्वासनीय एवम् पारस्परिक सम्मानमा आधारित भएको बताउँदै विदेशमन्त्री लाभरोभले चीनसँगको सम्बन्धलाई एक आदर्शको प्रतीकका रूपमा चित्रण गर्न सकिने उल्लेख गरे ।
दुवै देशले संयुक्त राष्ट्रसङ्घमा निकट सम्पर्क र समन्वयमा रहेर काम गरिरहेका, साङ्घाई सहयोग सङ्गठन, युरेसियन आर्थिक सङ्घ र बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत पारस्परिक सहयोग प्रवर्द्धन गर्दै नयाँ चुनौतीविरुद्ध संयुक्तरुपमा लडिरहेका बताए । द्विपक्षीय सहयोग र समन्वयबाट रुस–चीनबीचको रणनीतिक साझेदारीलाई सुदृढ बनाउन मद्दत पुगेको उनले बताए । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण