राष्ट्रपतिको निर्वाचनअघि ऐन संशोधन गर्नुपर्छ : रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी संविधानको व्यवस्था र निर्वाचन ऐनबीच भिन्नता रहेकाले एकरुपताका लागि ऐन संशोधन गर्नुपर्ने बताएको छ ।
नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले संविधान र ऐनलाई एकरुपता दिन कांग्रेसले ऐन संशोधन गरेर एकरुपताका लागि प्रस्ताव लैजाने बताएका छन् ।
‘हाम्रो संविधानको व्यवस्था र राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुन र ऐनबीच केही विरोधाभासको अवस्था छ’, नेता लेखकले भने, ‘कानुनले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको छ ।’
नेता लखेकले ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले निर्वाचन गर्नुपर्छ भनेकाले त्यस्तो अवस्थामा ऐनअनुसार नै जाँदा प्रत्येक कार्यकालमा राष्ट्रपतिको कार्यकाल एकएक महिना घटेर जाने बताए ।
‘ऐन संशोधन गरेर संविधान र ऐनको भावनामा एकरुपता गर्दै मिलाएर जाऊ भन्ने हाम्रो प्रस्ताव रहन्छ’, नेता लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण