शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

७३१ थान राहदानीसहित ३ जना पक्राउ

बिहीबार, ०५ माघ २०७९, १७ : ४४
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ‍ । ७३१ थान राहदानीसहित ३ जना पक्राउ परेका छन् ।  गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्ट हाउसबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगार सम्बन्धी अवैध गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बसपार्कबाट टोली परिचालन भएको थियो । 

उक्त स्थानमा सुक्ष्म निगरानी गर्दा केहि व्यक्तिहरू शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएको थियो । सोही आधारमा होटलका कोठाहरुमा खानतलासी गर्दा ती व्यक्तिहरूको साथमा राहदानी फेला प्रहरीले जनाएको छ ।  प्रहरीले गुल्मी छत्रपुर नगरपालिका ९ का ३८ वर्षीय मिनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका ७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका ३ का ४४ वर्षीय लोकजन खड्कालाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट विभिन्न व्यक्तिहरुका नाममा जारी भएका ७३१ थान राहदानी बरामद गरिएको हो ।  पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप