समाचार
पूर्वसभामुख हराउने गौतमलाई उपसभामुख बनाउने तयारी
बिहीबार, ०५ माघ २०७९, २३ : १५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।
‘उपभामुख हाम्रो पार्टीबाट बनाउने फिक्स भइसकेको छ’ रास्वपाका एक नेताले भने, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन । हामीले भोलिसम्म फाइनल गछौं ।’ कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् । उनले पूर्वसभामुख तथा माओवादी केन्द्रकी ओनसरी घर्तीसहित एमालेका मणिराम फुयाँल, राप्रपाकी कुन्ती पोखरेललगायतलाई पराजित गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै