आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यु–२२ बक्सिङ : सुस्मा र हेमाको जित

बिहीबार, ०५ माघ २०७९, २० : ३७
बिहीबार, ०५ माघ २०७९

काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।

महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसँग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियनका गन्तुमार लुण्डासंग भिड्ने छन् ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप