यु–२२ बक्सिङ : सुस्मा र हेमाको जित
काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।
महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका इन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसँग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियनका गन्तुमार लुण्डासंग भिड्ने छन् ।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण