रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वको लागि चार प्यानलको भिडन्त
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९ औँ साधारण सभा आज हुँदैछ । आजको साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको छ ।
साधारण सभाले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । जसका लागि चार वटा प्यानलको भिडन्त हुने देखिएको छ । २१ सदस्यीय सङ्घको कार्यसमितिमध्ये अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी र कार्यसमितिका दश सदस्यको निर्वाचन हुनेछ । ४ जना सदय भने अध्यक्षले मनोनीत गर्नेछन् ।
यो निर्वाचनमा सङ्घका ७ सय प्रतिनिधिमध्ये ६ सय ९२ व्यवसायीले मतदान गर्न पाउनेछन् । सङ्घको अध्यक्षका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल प्यानलसहित उम्मेदवार बनेका छन् । त्यस्तै प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको तर्फबाट राजेन्द्र भण्डारी प्यानलसहित उम्मेदवार बनेका छन् ।
त्यस्तै वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठनको संयुक्त प्यानलबाट डा. ईश्वर जिसी उम्मेदवार बनेका छन् । संयुक्त लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको तर्फबाट भुवनसिंह गुरुङले छुट्टै प्यानल बनाएका छन् । खनालको उम्मेदवारीबाट असन्तुष्ट बनेका गुरुङले छुट्टै प्यानल बनाएका हुन् ।
लोकतान्त्रिक एसोसिएसन र तराई मधेस वैदेशिक रोजगार व्यवसायी सङ्घ, प्रगतिशील मञ्च र राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घ तथा भुवनसिंह गुरुङ प्यानल र समाजवादी वैदेशिक रोजगार व्यवसायी संघबीच गठबन्धन बनेको छ ।
चार वटै समूहले आफ्नो शक्ति प्रदर्शन गर्दै हिजोसम्म चुनावी सभा गर्दै आएका थिए । चारै समूहको चुनावी सभामा उल्लेख्य सङ्ख्यामा मेन पावर व्यवसायीहरूको उपस्थिति रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण