सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान लखनउ डाइभर्ट

शुक्रबार, ०६ माघ २०७९, १० : २२
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । मलेशियाको क्लालालम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान डाइभर्ट गरिएको छ । 

काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि आरए–४१६ विमान डाइभर्ट गरिएको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले रातोपाटीलाई बताए ।

यसैबीच बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको हो । 
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप