समाचार
क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान लखनउ डाइभर्ट
शुक्रबार, ०६ माघ २०७९, १० : २२
काठमाडौँ । मलेशियाको क्लालालम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमान डाइभर्ट गरिएको छ ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएपछि आरए–४१६ विमान डाइभर्ट गरिएको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले रातोपाटीलाई बताए ।
यसैबीच बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान पनि झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको हो ।
भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको प्रवक्ता सिटौलाले जानकारी दिए । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण