रुसविरुद्ध युक्रेनको मद्दतका लागि अमेरिका, बेलायत, डेनमार्कले गरे यस्तो घोषणा
अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई थप हतियार आपूर्ति गर्ने बताएका छन् । यो आपूर्तिमा गोला–बारुदबाहेक युद्धमा काम आउने बख्तरबन्द गाडी पनि हुनेछन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार रुस–युक्रेन युद्धको अर्को चरणमा किभलाई सहयोग गर्न आयोजित महत्त्वपूर्ण बैठकमा यो निर्णय गरिएको हो ।
यसै सन्दर्भमा अमेरिकाले युक्रेनलाई सहयोग गर्न २.५ अर्ब डलर बराबरको सामग्री पठाउने घोषणा गरेको छ । बेलायतले युक्रेनलाई ६०० वटा ब्रिमस्टोन मिसाइल दिने बताएको छ ।
डेनमार्कले युक्रेनलाई फ्रान्समा निर्मित १९ वटा सिजर होविट्जर र स्वीडेनले आर्चर आर्टिलरी सिस्टम दिने वाचा गरेको जनाएको छ । जर्मनीको रामस्टेनमा भएको ५० देशको बैठकपछि यो निर्णय गरिएको हो ।
उक्त बैठकमा नेटोका ३० सदस्य राष्ट्रहरु पनि सहभागी थिए । रामस्टेनमा भएको बैठकमा रुसविरुद्ध युक्रेनलाई थप सहयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जर्मनीमा भएको वार्ताका बारेमा कीभले ‘बलियो निर्णय’ र ‘बलियो सैन्य समर्थन’ को अपेक्षा गरेको बताए ।
तर अमेरिका र जर्मनीले युक्रेनबाट अत्याधुनिक ट्याङ्कको मागबारे कुनै निर्णय गरेका छैनन् ।
यसबारेमा रुसले पश्चिमी देशहरूले युक्रेनलाई यो सहयोग गरे त्यसको गम्भीर परिणाम हुने चेतावनी दिएको छ ।
जर्मनीले युक्रेनलाई भारी हतियार उपलब्ध गराउन सावधानी अपनाइरहेको छ । तर जर्मन चान्सलरमाथि युक्रेनलाई लेपर्ड ट्याङ्क दिन दबाब बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण