के ‘एक्स नाइन’ बाट अनमोलले झिकेका हुन् हात ?
काठमाडौंँ । अभिनेता अनमोल केसीले फिल्म ‘एक्स नाइनः लेभल वान’ अभिनय नगर्ने भएका छन् । समयमा फिल्म छायांकन नभएपछि उनले फिल्म नगर्ने निर्णय गरेको हो । फिल्मका लागि अनमोलले एक वर्षको समय दिँदै शरीर समेत मेन्टेन गरेका थिए । तर अहिलेसम्म पनि फिल्म छायांकन नभको कारण उनले साइनिङ रकम समेत फिर्ता गरेर फिल्म नगर्ने निर्णय गरेको बताइन्छ ।
फिल्मका निर्देशक मुकुन्द भट्ट हुन् । भट्टले फिल्म निर्माणको तयारी गरेको निकै लामो समय भयो । केही पहिले फिल्म पुसबाट छायाँकन गर्ने बताइएको थियो । तर पुसमा पनि फिल्म छायांकन हुन सकेन । फिल्ममा अनमोलको अलवा सौगात मल्ल, पुष्प खड्का, निश्चल बस्नेत, राज कटुवाल लगायतका कलाकार समेत अनुबन्धित भएका छन् ।
फिल्मको मुख्य अभिनेत्रीमा मोडल नीति शाह पनि छानिएकी थिइन् । अनमोलसँग फिल्म खेल्ने चाँहनाले उनले यो फिल्म साइन गरेकी हुन् । अनमोलले हात झिकेपछि फिल्ममा अनमोलसँग देखिने नीतिको सपना समेत टुटेको छ ।
गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म क्यानडा, युरोप र नेपालमा हुने समेत बताइएको थियो । ठूलै हल्लाका साथ निर्माण हुने भनिएको यो फिल्मबाट अनमोलले हात झिकेको बिषयमा निर्माण युनिटले भने आधिकारीक धारणा बाहिर ल्याउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण