विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको छ : प्रचण्ड
शुक्रबार, ०६ माघ २०७९, १३ : २४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको बताए।
विदेशमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको भन्दै सरकार उनीहरूको हकहितको लागि अहोरात्र खटिएर काम गर्ने बताए।
सरकार ऐन संशोधनदेखि लिएर व्यवसायीहरूका समस्या समाधानका लागि प्रतिबद्द रहेको बताए। वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए। ‘हामीले मिलेर नयाँ काम गर्नुपर्छ । त्यसका लागि सरकार तयार छ’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण