सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नाडाद्वारा नगद एलसी मार्जिन खारेजिको स्वागत, हायर पर्चेजकर्जाको सीम वृद्धिको माग यथावत्

शुक्रबार, ०६ माघ २०७९, १६ : ५६
शुक्रबार, ०६ माघ २०७९

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले एलसीमा नगद मार्जिनको व्यवस्था खारेज गर्ने सरकारी निर्णयको स्वागत गरेको छ । 

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नाडाले १३ महिनादेखि जारी एलसीमा अनिवार्य नगद मार्जिको व्यवस्थासँगै यसअघि नै कार, जिप भ्यान, मोटरसाइकलको आयात प्रतिबन्धको फुकुवाको गरेकोमा सरकारलाई धन्यवाद दिएको हो । 

योसँगै नाडाले संकटमय समयबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्र समेत अब सहज रुपमा अघि बढ्नेमा विश्वास व्यक्त गरेको छ ।

‘नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागुगरकोसवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णय गरेको छ । त्यसैगरीसरकारले ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमालगाएको प्रतिबन्ध पनि केही समय अघि फुकुवा गरेको छ । सरकार तथा नेपाल राष्ट्र बैंकको यस्तो निर्णयकोनाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल हार्दिक स्वागत गर्दछ ।

नेपाल राष्ट्र बैंकको हालको योनिर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको छ’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तथापि, नाडाका मागहरु — अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने माग नाडाले यथावत् राखेको छ । 

बैकहरुबाट निजी सवारी साधनका लागि प्रवाह हुने हायर पर्चेज कर्जाको सीमा ५० प्रतिशतबाट वृद्धि गरिनुपर्ने लगायतको माग नाडाले राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप