समाचार
चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १० गैँडाको मृत्यु
शुक्रबार, ०६ माघ २०७९, १९ : ४१

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप दुई वटा गैँडाको मृत्यु भएको छ । यससँगै निकुञ्जमा चालु आर्थिक वर्ष २०७९–०८० मा मृत्यु हुने गैँडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।
निकुञ्ज प्रशासनका अनुसार अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक शुक्रबार दिउँसो अन्दाजी ४ वर्ष उमेरको एक सिंगे गैँडा मृत फेला परेको छ । विद्युतीय धरापमा परेर गैँडा मरेको बताइएको छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक नै अन्दाजी १४ वर्षको माउ गैँडा पनि मृत फेला परेको छ । घटनास्थलमा गैँडाको खाग भेटिएको छैन ।
चोरी सिकारी भएको आशंकासहित निकुञ्ज कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो