नबिल बैंकले दोस्रो त्रैमासमा कमायो ३ अर्ब ४१ करोड नाफा
काठमाडौँ । नबिल बैंकले चालू आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्मको त्रैमासिक तथ्यांक सार्वजनिक गर्दै उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५६.६७ प्रतिशतको वृद्धि हो । यस्तै, यस अवधिमा बैंकको सञ्चालन नाफा समेत बढेको छ । गत वर्षको यही अवधिको तुलनामा ५६.०६ प्रतिशतले बढेर सञ्चालन नाफा ४ अर्ब ८६ करोडभन्दा माथि पुुगेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो त्रैमासिक तथ्यांकअनुसार बैंकको ब्याज आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । यस अवधिमा बैंकले खुद ब्याज नाफामार्फत ७ अर्ब ८३ करोडभन्दा बढी आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ पुुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँभन्दा माथि छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण