नबिल बैंकले दोस्रो त्रैमासमा कमायो ३ अर्ब ४१ करोड नाफा

काठमाडौँ । नबिल बैंकले चालू आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्मको त्रैमासिक तथ्यांक सार्वजनिक गर्दै उक्त नाफा आर्जन गरेको जानकारी दिएको हो यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ५६.६७ प्रतिशतको वृद्धि हो । यस्तै, यस अवधिमा बैंकको सञ्चालन नाफा समेत बढेको छ । गत वर्षको यही अवधिको तुलनामा ५६.०६ प्रतिशतले बढेर सञ्चालन नाफा ४ अर्ब ८६ करोडभन्दा माथि पुुगेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो त्रैमासिक तथ्यांकअनुसार बैंकको ब्याज आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । यस अवधिमा बैंकले खुद ब्याज नाफामार्फत ७ अर्ब ८३ करोडभन्दा बढी आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ८५.६३ प्रतिशतले बढी हो । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.३३ रुपैयाँ पुुगेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँभन्दा माथि छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड खोस्ने धम्की
-
घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता
-
नीति तथा कार्यक्रममा ‘क’ देखि ‘ट’ सम्म हटाउन सांसद शर्माको संशोधन प्रस्ताव
-
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
-
सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण