जाँचपास सहज बनाउन चलचित्र विकास बोर्डलाई मन्त्रालयको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको जाँचपासमा ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता सहित अग्रिम बुकिङका लागि मुभी कोड उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । अब हल सञ्चालकले सेन्सर अगावै मुभी कोड लिएर बुकिङ खुल्ला गर्न पाउनेछन् ।
सेन्सर ढिला हुँदा बुकिङ खोल्न समस्या भइरहेकाले सोको न्यूनीकरणका लागि सरकारसँग माग गरिएकामा सोको सुनुवाइ भएको नेपाल चलचित्र सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले बताए ।
पूर्वअध्यक्ष उदयसहित सङ्घका पदाधिकारीको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगी समस्याका बारेमा जानकारी गराएका थिए । गत ११ पुसमा बसेको बोर्डको बैठकले चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै चार दिन अगावै दरखास्त पेस गर्नुपर्ने निर्णय गरेको थियो । चलचित्र सङ्घले भने आफ्ना मागसहित राष्ट्रिय भेला गर्दै आन्दोलनको घोषणा गरेको थियो । बोर्डसँग सङघले वार्ता नगर्ने भएपछि मन्त्रालयमा नै छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण