रानाको पक्षमा मतदान गर्न सांसद गौतमको अपिल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सोविता गौतमले उपसभामुख पदमा इन्दिरा रानालाई मतदान गर्न भोटको अपिल गरेकी छन् । रानाको प्रस्तावक रहेकी गौतमले सांसद राना समाज रूपान्तरणको अथक प्रयासपछि आएको व्यक्तित्व भएको जानकारी गराएकी हुन् ।
कारागारमा रहेका बालबालिकाको शिक्षा दीक्षामा आफूलाई समर्पित गरेको बताउँदै रानालाई उपसभामुख पदमा निर्वाचित गर्नुपर्ने उनले तर्क अघि सारिन् । उनले भनिन्, ‘उपसभामुख पदमा सीमान्तकृत समुदायका दुई महिला प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यो लोकतन्त्र सुदृढ हुँदै गएको हो भन्ने सङ्केत पनि हो । यो प्रतिस्पर्धा सुखद संयोग मात्र नबनोस् । यस्तो प्रतिस्पर्धा हाम्रो लोकतन्त्रको सामान्य प्रक्रिया बन्दै जाओस् । लोकतन्त्र भनेको फगत शासन शैली होइन जनताहरूको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र सम्भव हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण