रानाको पक्षमा मतदान गर्न सांसद गौतमको अपिल
_0Ht0kDmgdw.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सोविता गौतमले उपसभामुख पदमा इन्दिरा रानालाई मतदान गर्न भोटको अपिल गरेकी छन् । रानाको प्रस्तावक रहेकी गौतमले सांसद राना समाज रूपान्तरणको अथक प्रयासपछि आएको व्यक्तित्व भएको जानकारी गराएकी हुन् ।
कारागारमा रहेका बालबालिकाको शिक्षा दीक्षामा आफूलाई समर्पित गरेको बताउँदै रानालाई उपसभामुख पदमा निर्वाचित गर्नुपर्ने उनले तर्क अघि सारिन् । उनले भनिन्, ‘उपसभामुख पदमा सीमान्तकृत समुदायका दुई महिला प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यो लोकतन्त्र सुदृढ हुँदै गएको हो भन्ने सङ्केत पनि हो । यो प्रतिस्पर्धा सुखद संयोग मात्र नबनोस् । यस्तो प्रतिस्पर्धा हाम्रो लोकतन्त्रको सामान्य प्रक्रिया बन्दै जाओस् । लोकतन्त्र भनेको फगत शासन शैली होइन जनताहरूको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र सम्भव हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे
-
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
-
आमिरले आमा र प्रेमिका गौरीको गराइदिए भेट