जनताको अधिकार सुनिश्चित हुनेमा आशङ्का छ : सांसद शर्मा
काठमाडौँ । माओवादी केन्द्रका सांसद नारायणी शर्माले यो सदनले जनताको अधिकार सुनिश्चित गर्ने कुरामा विगतका अनुभवले केही अशंका भइरहेको बताएकी छन् । उनले त्यो आशङ्कालाई हटाउनका लागि कानुन र नीति निर्माण गरेर निवारण गर्नुपर्नेमा जोड दिएकी हुन् ।
इन्दिरा रानाको समर्थन रहेकी शर्माले शनिवार संसद्मा बोल्दै उपसभामुख चयन लोकतान्त्रिक प्रक्रियाबाट भइरहेकोमा खुसी व्यक्त गरिन् । इन्दिरा रानाले सामाजिक क्षेत्रमा जसरी आफ्नो भूमिका निर्वाह गर्नुभयो, त्यो कारणले पनि उनी असर नेतृत्वकर्ता हुनेमा आफूलाई विश्वास लागेको बताइन् ।
यतिबेला एउटा मधेसी चेली र एउटा जनजाति चेली उपसभामुखका लागि उभिनु भएको छ, त्यसले सदनको गौरवलाई झन् उच्च बनाएको छ, उनले भनिन्, ‘यो सदनको एउटा गौरवको रूपमा इन्दिराले अगाडि बढाउनु हुन्छ भने विश्वास लागेको छ ।’ उनले इन्दिरालाई उपसभामुखमा चयन गर्न मतदान गर्न सबैलाई आग्रह पनि गरिन् । यसअघि चित्रलेखा यादव सडकबाट सभामुख चलाएको पनि सांसद शर्माले सम्झिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण