मधेससँग लभ गरेर प्रचण्डले अर्कैसँग लगनगाँठो कसेको राजकिशोरको गुनासो
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद राजकिशोर यादवले सदनमा भएको बहसको लागि बहस मात्र नहोस् जनताले बढो उत्साहका साथ सदनलाई हेरिरहेको बताएका छन् । शनिवार संसद्मा बोल्दै उनले जनप्रतिनिधिहरू बोल्नमा अन्य कुनै मुलुकभन्दा कम छैन तर व्यवहार बोलेको अनुसार नभएको गुनासो गरे ।
प्रधानमन्त्री प्रचण्डले अभुतपूर्व मत पाइरहँदा उनीमाथि निकै विश्वास जागेको तर प्रचण्ड प्रचण्डको रूपमा नरहेर पुष्पकमल दाहाल बनेको त होइन भनी आशङ्काहरू भइरहेको उनले टिप्पणी गरे । उनले भने, ‘नेपालीहरू नागरिकता नपाएर अनागरिक भएका छन्, किसानले मल र बीउ नपाएर बिच्चलीमा छन् तर यहाँ ढोक्सा, माछा र पिँजराको कहानी सुनाउने काम भएको छ ।’
सदनमा वैचारिक बहस हुनुपर्ने भन्दै सांसद यादवले यहाँ नाकको भइरहेको लडाइँलाई तीन करोड जनताले नियाली रहेको धारणा उनले राखे । उनले भने, ‘सिरहाका जनताले उहाँलाई जितायो, उहाँले भावुक भएर मधेससँग लभ परेको भन्नुभयो । लभ मधेससँग गर्नुभयो लिभिङ टुगेदर काँग्रेससँग र लगनगाँठो अर्कैसँग गर्नुभयो ।’ जनलोकपाल बिल ल्याएर सबैको सम्पत्ति छानबिन गरियोस् भनी माग गर्दै उनले संविधानलाई सबैको साझा संविधान बनाउने पनि आग्रह गरे ।
मधेसी जनता सदनतिर हेर्दै छन्, त्यसलाई अँगालोमा लिने कि नलिने भनी प्रश्न गर्दै उनले सबै प्रकारको विभेद निर्मूल पार्ने जिम्मेवारी सांसदको काँधमा आएको छ र त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न आग्रह गरे । रेसम चौधरी सबै प्रकारले निर्दोष रहेको भन्दै उनलाई रिहा गर्न किन आलटाल भएको भन्दै उनले यो देशप्रति मधेसीको मोह भङ्ग नहोस् सचेत हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण