शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलम्पिकमा क्रिकेट समावेशको अन्तिम तयारीमा आइसीसी, कति टोली हुनेछन् सहभागी ?

शनिबार, ०७ माघ २०७९, १९ : ०६
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२८ मा लस एन्जलमा हुने ओलम्पिकमा महिला र पुरुषको ६–६ टोली तयारीसहित सिफारिस गरेको छ ।  ओलम्पिकमा हालसम्म क्रिकेट प्रतियोगिता हुँदैन । आइसीसीले विश्वकै ठूलो प्रतियोगितामा क्रिकेट समावेश गर्ने तयारीका साथ अघि बढेको हो । 

आइसीसीको यो तयारीमा अन्तर्राष्ट्रि ओलम्पिक कमिटिले हालसम्म कुनै निर्णय लिएको छैन् । यो विषयमा ओलम्पिक कमिटिले यो वर्षको अक्टोबरमा निर्णय लिनेछ ।  यो विषयमा मार्चसम्म आईसीसीले प्रतियोगितामा समावेस हुने खेलहरुको लिस्ट तयारी पार्ने र मुम्बईमा हुने आईओसीको सत्रबाट अनुमोदन गर्ने छ । 

यदि ओलम्पिक कमिटिले निर्णय गरेको खण्डमा निर्णय हुने समयमा आईसीसीका शीर्ष वरीयतामा ६ टोलीले सहभागिता जनाउनेछन् ।  यद्दपि आईसीसीले प्रतियोगिताको फर्म्याट विषयमा कुनै निर्णय लिएको छैन् । आइसीसीले टी–ट्वान्टी र्फम्याटमा प्रतियोगिता गर्ने तयारी गरेको छ । 

किन ६ टोली मात्र ? 
आइसीसीले ६ टोलीको प्रस्ताव गर्नु पछाडिको कारण ओलम्पिक एजेन्डा सन् २०२० को ५ प्लस रणनीतिक योजनाको एक भाग हो ।   ओलम्पिक कमिटिले प्रतियोगिताको खर्च कटौती गर्ने हिसावमा पनि यो निर्णय गरेको हो । 

ओलम्पिक कमिटीले सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा एथ्लेटिक्समा सहभागिता जनाउने खेलाडीको पनि सख्या घटाउने छ । जसमा १० हजार ५०० खेलाडीले सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिकमा ११ हजार ३०० खेलाडीले सहभागिता जनाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप