ओलम्पिकमा क्रिकेट समावेशको अन्तिम तयारीमा आइसीसी, कति टोली हुनेछन् सहभागी ?
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२८ मा लस एन्जलमा हुने ओलम्पिकमा महिला र पुरुषको ६–६ टोली तयारीसहित सिफारिस गरेको छ । ओलम्पिकमा हालसम्म क्रिकेट प्रतियोगिता हुँदैन । आइसीसीले विश्वकै ठूलो प्रतियोगितामा क्रिकेट समावेश गर्ने तयारीका साथ अघि बढेको हो ।
आइसीसीको यो तयारीमा अन्तर्राष्ट्रि ओलम्पिक कमिटिले हालसम्म कुनै निर्णय लिएको छैन् । यो विषयमा ओलम्पिक कमिटिले यो वर्षको अक्टोबरमा निर्णय लिनेछ । यो विषयमा मार्चसम्म आईसीसीले प्रतियोगितामा समावेस हुने खेलहरुको लिस्ट तयारी पार्ने र मुम्बईमा हुने आईओसीको सत्रबाट अनुमोदन गर्ने छ ।
यदि ओलम्पिक कमिटिले निर्णय गरेको खण्डमा निर्णय हुने समयमा आईसीसीका शीर्ष वरीयतामा ६ टोलीले सहभागिता जनाउनेछन् । यद्दपि आईसीसीले प्रतियोगिताको फर्म्याट विषयमा कुनै निर्णय लिएको छैन् । आइसीसीले टी–ट्वान्टी र्फम्याटमा प्रतियोगिता गर्ने तयारी गरेको छ ।
किन ६ टोली मात्र ?
आइसीसीले ६ टोलीको प्रस्ताव गर्नु पछाडिको कारण ओलम्पिक एजेन्डा सन् २०२० को ५ प्लस रणनीतिक योजनाको एक भाग हो । ओलम्पिक कमिटिले प्रतियोगिताको खर्च कटौती गर्ने हिसावमा पनि यो निर्णय गरेको हो ।
ओलम्पिक कमिटीले सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकमा एथ्लेटिक्समा सहभागिता जनाउने खेलाडीको पनि सख्या घटाउने छ । जसमा १० हजार ५०० खेलाडीले सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिकमा ११ हजार ३०० खेलाडीले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण