चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित
आइतबार, ०८ माघ २०७९, ०७ : ४४
बेइजिङ । चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठुलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताए ।
लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्,जसले ठुलो प्रकोप व्यवस्थापन गर्न कम सुसज्जित ग्रामीण क्षेत्रहरूमा ताजा प्रकोपको त्रास बढाएको छ ।
सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झन्डै एक महिनापछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण