स्पेनमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै वृहत प्रदर्शन
म्याड्रिड । स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध वृहत प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए। चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो ।
प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए। कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । र्यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।
आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन्। देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी (पीपी) लगायत कन्जरभेटिभ पार्टी समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण