एमाले लमजुङमा अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट
लमजुङ । नेकपा एमाले लमजुङले जिल्ला अधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि जिम्मेवारी बाँडफाँट र कार्य विभाजन गरेको छ । एमालेको छैटौँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड र कार्य विभाजन गरेको हो । बैठकले २ वटै क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ मा उपसचिव जितबहादुर गुरुङलाई संयोजक तोकिएको छ । सहसंयोजकमा युवराज अधिकारी र सचिवमा शिवप्रसाद जोशी रहेका छन् ।
क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ मा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र बोहरालाई संयोजक तोकिएको छ । सहसंयोजकमा भोजबहादुर रिमाल र सचिवमा मेनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै, पालिका इन्चार्ज र सह–ईन्चार्ज समेत तोकेको छ । स्थानीय तहतर्फ बेंसीशहर नगरपालिका इन्चार्जमा यसोदा रिमाल, सह–इन्चार्जमा रामकुमार श्रेष्ठ र विष्णुमाया राना, मध्यनेपाल नगरपालिका इन्चार्जमा जनकराज मिश्र, सह–इन्चार्जमा इन्द्रप्रसाद रेग्मी र अमृत तमाङलाई तोकिएको छ । सुन्दरवजार नगरपालिका इन्चार्जमा लोकराज पाण्डे, सह–इन्चार्जमा द्वारिकाप्रसाद मिश्र र प्रेमबहादुर भट्टराईलाई तोकिएको छ ।
क्होलासोथर गाउँपालिका इन्चार्जमा सूर्यप्रसाद गुरुङ, सह–इन्चार्जमा कुमारीमुनी गुरुङ र पेमा गुरुङ, मस्र्याङ्दी गाउँपालिका इन्चार्जमा जितबहादुर गुरुङ, सह–इन्चार्जमा अमृता पोखरेल र महेन्द्र थापालाई जिम्मेवारी तोकिएको छ । दोर्दी गाउँपालिका इन्चार्जमा दिलबहादुर घले, सह–इन्चार्जमा राजेन्द्र अधिकारी र हिमला घिमिर, राइनास नगरपालिका इन्चार्जमा हिरालाल विक, सह–इन्चार्जमा शुभद्रा भुजेल र गोविन्द नेउपाने साथै दूधपोखरी गाउँपालिकामा इन्चार्ज रामचन्द्र दवाडी र सह–इन्चार्जमा सगुन गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण