अपहरणपछि दुई युवकको हत्या : ५ जना पक्राउ

काठमाडौं । जनकपुरबाट अपहरण गरेर भारतमा दुई युवकको हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । नेपालमा दुईजना र भारतीय प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा महोत्तरी मनरा सिसवा नगरपालिका–२ घर भएका २४ वर्षीय किसनकुमार पण्डित र २४ वर्षीय मुकेश पासवान छन् । ३ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
पुष २७ मा जनकपुरधाम उपमहानगरपालिका–८ घर भएका २० वर्षीय रोहित साह र उपमहानगर–१३ घर भएका २२ वर्षीय विष्णु शाह हराएका थिए । पुष २९ मा भारतबाट अपहरणकारीले फोन गरेर १० लाख रुपैयाँ फिरौंती मागेका थिए । बार्गेनिङ गर्दै अपहरणकारीले ५० लाखसम्म फिरौंती मागेका धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।
भारत बिहारको सितामढी जेला थाना पर्सागाउँ बिहारमा अपहरित दुई जनाको शव भेटिएको छ । भारत सितामढीबाट उनीहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी क्षेत्रीले बताए । अपहरण र हत्यामा संलग्न ४ जना अझै फरार छन् । अपहरणकारीहरुले फिरौंतीको रकम लिएर अपहरणमा परेका परिवारजनलाई सर्लाहीको मलंगवा नाकामा आउन भनेका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा अफ भएको थियो ।
प्राविधिक अनुसन्धानबाट सिसौटीया नाका नजिकै एउटा घरको कम्पाउण्डमा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पोष्टर्मटम रिपोर्ट आएको छैन् । प्रहरीले मृतकहरुको शव आइतबार नै नेपाल ल्याउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन
-
सहिद लक्ष्मी फुयाल स्मृति प्रतिष्ठानको भवन शिलान्यास
-
गायिका रचना रिमाल चढेको जहाज नेपाल आउनुपर्नेमा जर्मनी पुगेपछि...
-
‘हस्ताक्षर मेरो हो, तर मैले त्यो सहकारी देखेकै छैन, त्यहाँ काम गर्नेलाई चिनेको छैन’