शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हालान्डको ह्याट्रिकमा सिटीको सहज जित

आइतबार, ०८ माघ २०७९, २१ : ४७
आइतबार, ०८ माघ २०७९

एजेन्सी । इर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा उल्भ्समाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले उल्भ्समाथि ३–० गोलको जित निकालेको हो ।  घरेलु मैदानमा भएको खेलमा सिटीलाई सहज जित दिलाउन हालान्डले ह्याट्रिक पूरा गरे । 

खेलको ४० औं मिनेटमा गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए । खेलको ५० औं मिनेटमा हालान्डले पेनान्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।  त्यसपछि खेलको ५४ औं मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।  

हालान्डको प्रिमियर लिगमा यो चौथो ह्याट्रिक हो । जितसँगै सिटीले २० खेलबाट ४५ अंक जोडेर दोस्रो स्थानमा रहँदै आर्सनलसँगको अंक दुरी कम गरेको छ । पराजित उल्भ्स १७ अंक जोडेर तालिकाको १७ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप