हालान्डको ह्याट्रिकमा सिटीको सहज जित
आइतबार, ०८ माघ २०७९, २१ : ४७
एजेन्सी । इर्लिङ हालान्डको ह्याट्रिकको सहयोगमा म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा उल्भ्समाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले उल्भ्समाथि ३–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई सहज जित दिलाउन हालान्डले ह्याट्रिक पूरा गरे ।
खेलको ४० औं मिनेटमा गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाए । खेलको ५० औं मिनेटमा हालान्डले पेनान्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ५४ औं मिनेटमा हालान्डले गोल गर्दै ह्याट्रिक पूरा गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।
हालान्डको प्रिमियर लिगमा यो चौथो ह्याट्रिक हो । जितसँगै सिटीले २० खेलबाट ४५ अंक जोडेर दोस्रो स्थानमा रहँदै आर्सनलसँगको अंक दुरी कम गरेको छ । पराजित उल्भ्स १७ अंक जोडेर तालिकाको १७ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण