५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ । बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो ।
सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद गर्न लागेको दाबी गरे । सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ बजेट छुट्ट्याएपछि असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो । सो टेन्डर आह्वान गर्दा नै दुईतीनवटा कम्पनीलाई मात्रै हुने गरी मापदण्ड बनाइएको र सोही मापदण्डअनुसार टेन्डर आह्वान गरिएकाले आइरन चक्कीको खरिद मूल्य ९० पैसा हुन गएको विभाग स्रोतले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण