पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु
काठमाडौं । स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ । शनिबार दिउँसो गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल टुरिजम प्रोमोसन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महत र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल प्रमुख वक्ता थिए ।
नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष महतले शहिद निजामति पार्क पर्यावरणका हिसाबले काठमाडौँको दक्षिण क्षेत्रका लागि हब बनाउन सकिने बताए । अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा पार्क निर्माण तथा व्यवस्थापनको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएपश्चात यसलाई दक्षिण एसियाकै उत्कृष्ट पार्कका रुपमा चिनाउन सकिने बताए ।
यस्तै पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शहिद दिवसको दिन पार्क उद्घाटन गर्नेगरि अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पार्क नजिक देखिएको निर्माण सामग्री, फोहोर व्यवस्थापनको बाँकी काम विस्तारै हुँदै जाने पनि उनको भनाइ छ । कार्यक्रम पत्रकार विष्णु विवेकले सहजीकरण गरेका थिए ।
नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका १०० वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ । जसको सुरुवात गोकर्णेश्वर नगरपालिकाबाट गरिएको हो ।
काठमाडौँ उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ । पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो बैशाखमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल पर्यटन महोत्सव’ आयोजना गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण