शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
निर्मला कुर्मीका लागि न्याय माग्दै प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरू)
फोटोफिचर

निर्मला कुर्मीका लागि न्याय माग्दै प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरू)

सोमबार, ०९ माघ २०७९

काठमाडौँ । एकल महिला निर्मला कुर्मीको अपहरण र हत्याको मामिलामा दोषीमाथि कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने केही अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ । कुर्मीको न्यायका लागि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने रुवी खान लगायत अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको रिहाइको माग गर्दै अधिकारकर्मीहरूले सर्वोच्च अदालत अघि धर्नासमेत दिएका छन् ।

आजको प्रदर्शनमा महिला अधिकार मञ्च बाँके, वृहत् नागरिक आन्दोलन लगायतको सहभागिता रहेको थियो । उनीहरुले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा कुर्मीको हत्याको घटनामा न्यायिक आयोग गठन गर्न माग गरेका छन् । उनीहरुले कुर्मीको मुद्दालाई अदालतमा पुर्‍याउन माग समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया