फागुन २३ मा पल्सर स्पोर्ट्स अवार्ड
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुँदै आएको पल्सर स्पोर्ट्स अवार्डको १९ औँ संस्करण आगामी फागुन २३ गते हुने भएको छ । सोमबार मञ्चले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै पल्सर स्पोर्ट्स अवार्ड २०७८ आगामी फागुन २३ गते हुने घोषणा गरेको हो । वि.सं. २०६० सालदेखि हुँदै आएको अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।
२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस अवार्डमार्फत सम्मान गरिनेछ । सोमबार नै एनएसजेएफ स्पोर्ट्स अवार्डले मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग आगामी पाँच वर्षका लागि नवीकरण गरेको छ । मञ्चको उक्त कम्पनीसँग १४औँ वर्षको सहकार्य हो ।
सम्झौतामा मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुबेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले नेपाललाई विश्वमाझ पहिचान दिलाउन खेलकुद उत्तम माध्यम भएकाले खेलकुद क्षेत्रमा नै योगदान पुर्याएका खेलकर्मीको सम्मानमा जोडिँदै आएको बताए । यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा कुल ९ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए ।
यसअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्टलाई अवार्ड रहेका छन् । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । यस वर्षदेखि युवाको विजेतालाई पनि मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।
अवार्डका लागि मञ्चले सम्पूर्ण तयारी सुरु गरिसकेको र आगामी हप्ता पिपल्स च्वाइसको मनोनयन पनि सार्वजनिक गरिने मञ्चका महासचिव ओलीले बताए । यसका लागि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष सुवेदीले अर्थतन्त्र नै शिथिल अवस्थामा रहेको समय हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको सहकार्य निरन्तरता हुनु समग्र खेलकर्मीकै लागि सुखद् पक्ष रहेको बताए । मञ्चका पूर्वअध्यक्ष एवम् एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले यो अवार्ड समग्र नेपाली खेलकर्मीलाई नै एकै ठाउँमा उभ्याउने माध्यम बनिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण